निर्वाचनको तयारीमा रहन कार्यकर्तालाई ओलीको निर्देशन

maitrinews

 

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले अब मुलुक तीन तहकै निर्वाचनतर्फ जाने भन्दै आफ्ना नेता तथा कार्यकर्तालाई तयारी रहन निर्देशन दिनुभएको छ ।

मंगलबार एकैपटक ७५३ वटै स्थानीय तहमा एमालेको पालिकारइलाका अधिवेशन केन्द्रीय कार्यालयबाट जुममार्फत उद्घाटन गर्दै अध्यक्ष ओलीले केन्द्रीय, प्रादेशिक र स्थानीय तहको निर्वाचन गर्ने गरी मुलुकअघि बढ्ने भन्दै नेता तथा कार्यकर्तालाई तयारी रहन निर्देशन दिनुभएको हो ।

यद्यपि, मिति र समय भने अहिले नै तय भइनसकेको भन्दै उहाँले अब मुलुक निर्वाचनतर्फ अघि बढ्ने बताउनु भएको छ ।

कानुनको गलत प्रयोगबाट एमालेका हरेक नेता कार्यकर्तामाथि पीडा दिएको बताउनु हुँदै ओलीले एमालेले आफ्ना नेता तथा कार्यकर्तालाई अनुशासनमा राख्नसमेत नदिने गरी आदेशहरू जारी भएको टिप्पणी गर्नुभयो ।