अमेरिकी सहायक विदेशमन्त्री लु राजनीतिक भेटघाटमा
काठमाडौं । दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले आज प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्दैछन् ।
प्रधानमन्त्री देउवासँग आज बालुवाटारमा भेटघाट हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्रीको सचिवालयले पनि आज अमेरिकी सहायक विदेशमन्त्रीसँग प्रधानमन्त्रीको भेटवार्ता हुने जानकारी दिएको छ ।
लुले शुक्रबार परराष्ट्रमन्त्री डा नारायण खड्कासँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । मन्त्रालयका अनुसार नेपाल बसाइका क्रममा लुनले अमेरिकी सहयोगमा सञ्चालित परियोजनाको अवलोकनसमेत गर्नेछन् ।