शशांकले सभापतिमा उम्मेदवारी दिने
संखुवासभा । नेपाली कांग्रेसका महामन्त्री डा। शशांक कोइरालाले १४औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।
संखुवासभाको तुम्लिङटार विमानस्थलमा पत्रकारसँग संक्षित कुराकानी गर्दैै कोइरालाले सभापति पदमा उठ्ने घोषणा गर्नसभएको हो ।
पार्टी सभापति पदका लागि आफू बलियो उम्मेदवार भएको उहाँले दाबी गर्नुभयो । औपचारिक रूपमा सभापति पदको उम्मेदवारीे चाँडै घोषणा गर्ने उहाँले बताउनुभयो ।
अहिलेको पाँचदलीय गठबन्धन चुनावअघिसम्म मात्रै रहने कोइरालाले बताउनुभयो । आगामी चुनावमा कुनै पार्टीसँग कांग्रेसको तालमेल नहुने उहाँको भनाइ थियो । आगामी चुनावमा अन्य पार्टीसँग गठबन्धन गर्ने विषयमा कांग्रेसले सहमति नगरेको उहाँले बताउनुभयो । कांग्रेसले सत्ता गठबन्धनका लागि मात्रै सहकार्य गरेको कोइरालाको दाबी छ ।
कोइरालाले आगामी निर्वाचनमा कांग्रेसले एक्लै चुनाव लड्ने बताउनुभयो ।