एमाले स्थायी कमिटी बैठकमा दशौं महाधिवेशनबारे छलफल
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको स्थायी कमिटीको बैठकमा दशौं राष्ट्रिय महाधिवेशनबारे छलफल भएको छ । मंसिर १० देखि १२ गतेसम्म चितवनमा आयोजना हुन गइरहेको दशौं मशाधिवेशनमा दुई हजारभन्दा बढी महाधिवेशन प्रतिनिधिहरु सहभागी हुँदैछन् ।
मंगलबारको स्थायी कमिटी बैठकमा पाँच प्रतिशत महाधिवेशन प्रतिनिधि मनोनयन गरिने विषयमा छलफल भएको एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताउनुभयो ।
एमाले स्थायी कमिटी बैठक हिजो सोमबार ललितपुरस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानमा बस्ने भनिए पनि तयारी अभावका कारण आज बसेको हो ।