दुई हजारभन्दा बढी युक्रेनी भौतिक संरचना ध्वस्त

maitrinews

 

किभ । रुसी सेनाले दुई हजार ३७ वटा युक्रेनी भौतिक संरचनालाई ध्वस्त पारेको बताएको छ ।

रुसले छिमेकी देशमाथि एकतर्फि हमला गरेको दशौं दिनसम्म सो संख्यामा भौतिक संरचना ध्वस्त भएको रुसी रक्षामन्त्रालयका प्रवक्ता इगोर कोनासेन्कोभले दाबी गर्नुभएको हो ।

उहाँका अनुसार ७१ कमाण्ड पोष्ट र सञ्चार केन्द्र, ९८ एन्टिएयरक्राप्ट मिसाइल प्रणाली र ६१ वटा रडार केन्द्र रहेका छन् ।

यस्तै, जमिनमा ६६ वटा विमान, आकाशमा १६ वटा विमान, ७०८ वटा ट्यांक, ७४ अध्याधुनिक रकेट रञ्चर, २६१ वटा तोप र मोर्टार, ५०५ वटा विशेष सैनिक गाडी र ५६ वटा सैन्य ड्रोनलाई रुसी सेनाले नष्ट गरेको सिन्ह्वा समाचार समितिले उल्लेख गरेको छ ।