थाइल्याण्डका प्रधानमन्त्री प्रयुत संवैधानिक अदालतद्धारा निलम्बित

एजेन्सी : थाइल्याण्डका प्रधानमन्त्री प्रयुत ओ चानलाई संवैधानिक अदालतले निलम्बन गरेका छन् ।

विपक्षी दलहरुले उहाँका विरुद्धमा सोमबार दिएको मुद्धाका आधारमा अदालतले निलम्बन गर्ने फैसला गरेको हो ।

थाइल्याण्डमा सन् २०१४ मा सैन्य कु भएदेखि प्रयुत ओ चान प्रधानमन्त्री हुनुहुन्छ ।

उहाँले संविधान संशोधन गरेर सरकार र संसदमा सैन्य सहभागीता बढाउनुका साथै निरंकुशता लाद्नु भएको विपक्षीहरुको आरोप छ ।