निरन्तर ओरालेमै शेयर बजार, एक अर्ब १९ करोडको कारोबार
काठमाडौं : मंगलबार पनि शेयर बजार निरन्तर ओरालोमै रहेर रोकिएको छ । यस दिन नेप्से परिसूचक २१.२२ अंकले घटेर १९ सय ५१.७९ बिन्दुमा रोकिएको छ । उक्त सेसनमा सेन्सेटिभ इन्डेक्स ३.८७ अंकले घटेको छ ।
यससँगै नेप्से परिसूचक निरन्तर आरोलो लागेको बजारमा मंगलबार कारोबार रकम भने एक अर्ब १९ करोड हाराहारीमा रह्यो ।
मंगलबार २२७ कम्पनीको ३२ लाख ९ हजार ९८३ कित्ता सेयर दोस्रो बजारमा खरिद बिक्री भएको छ । जसमध्ये १७१ कम्पनीको सेयर मूल्य घटेको छ भने १४ कम्पनीको सेयर मूल्य मात्रै बढेको छ ।
मंगलबार हिमालयन एभरेष्ट इन्स्योरेन्स, रिडी जलविद्युत् र सानिमामाई हाइड्रोको सेयर धेरै खरिद बिक्री हुने स्टक बनेको छ ।