यसपाली दसैंलाई दार्चुलाबाट च्याङ्ग्रा ल्याइने
काठमाडाैं : यसपालीकाे दसैंमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बजारमा एकाधिकार तोड्दै मूल्य नियन्त्रण गर्न खसीबोका र च्याङ्ग्रा खरिद तथा बिक्री गरिने जनाएको छ ।
कम्पनीका विभागीय प्रमुख भेषनाथ न्यौपानेका अनुसार दसैंलक्षित कार्यक्रमअन्तर्गत यो वर्ष दार्चुलाबाट च्याङ्ग्रा खरिद गरेर बिक्री गरिने जनाएकाे छ ।
बजार मूल्यलाई सन्तुलन कायम गर्न खसी च्याङ्ग्राको व्यवस्था गर्न लागिएको उहाँले बताउनुभयो ।
कम्पनीले यो वर्ष चार सय च्याङ्ग्रा ल्याउनेछ भने निजी व्यापारीले पनि च्याङ्ग्रा बिक्री गर्नेछन् ।
त्यस्तै कम्पनीले याे वर्ष दुई हजार खसीबोका खरिद बिक्री गरिनेछ । खसीबोका वीरगञ्ज र तुल्सीपुरबाट ल्याइने जनाएकाे छ ।