एमाले केन्द्रीय सचिवालय बैठक सुरु

काठमाडौँ । अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा ओली निवास बालकोटमा केन्द्रीय सचिवालयको बैठक सुरु भएको छ । बैठकमा आगामी प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि समानुपातिकतर्फको उम्मेदवारहरुको नामावली तयार गर्नेलगायतका विषयमा छलफल हुनेछ ।

हिजो साँझ बसेको बैठकमा संघीयतर्फ ११० जना र प्रदेशतर्फ २२० जना उम्मेदवारहरुको सूची बनाउन विविध मापदण्ड, समावेशितलाई ध्यान एवम् क्लस्टरलाई ध्यानमा राखेर बनाउनेबारे छलफल भएको थियो ।