शेयर बजारमा ओरालो कायमै, एक अर्ब ६० करोडकाे कारोबार
काठमाडौं : साताकाे पहिलाे काराेबारका दिन आइतबार पनि शेयर बजार ओरालो लागेकाे छ । उक्त दिन नेप्से परिसूचक ३३.९७ अंकले घटेर १८७६.४१ को बिन्दूमा पुगेको छ ।
आइतबार कारोबारमा आएका २२९ कम्पनीमध्ये १८० कम्पनीको शेयर मूल्य ओरालो लागेको छ । यस दिन ८ कम्पनीको शेयर मात्रै बढेको छ । घटेको बजारमा पनि कारोबार रकम एक अर्ब ६० करोड पुगेकाे छ ।
आइतबार ६२ लाख ९६ हजार ४४५ कित्ता शेयर २७ हजार ७९० पटक कारोबार हुँदा कुल कारोबार रकम एक अर्ब ६० करोड १८ लाख २२ हजार रुपैयाँ रह्यो ।
आइतबार दोस्रो बजारमा ग्लोबल आईएमई सम्मुनत स्किम एकको मूल्य ५.३५ प्रतिशत, नेपाल ल्युव आयल ४ प्रतिशत, लक्ष्मी बैंकको मूल्य ३.६६ प्रतिशतले बढेको छ ।
आइतबार बलेफी हाइड्रोको सेयर मूल्य ७.८५ प्रतिशत,राप्ती हाइड्रोको ७.३० प्रतिशत र दोर्दी खोला जलविद्युत् कम्पनीको सेयर मूल्य पनि ७.२३ अंकले घटेको छ ।