घाइतेलाई ३ वटा गोली लागेको छ
काठमाडौंको गोठाटारमा गोली लागेर लाल मोहम्मद भन्ने मोहम्मद दर्जी घाइते
काठमाडौं, ३ असोज ०७९ । काठमाडौंको गोठाटारमा गोली चलेको छ । सोमबार साँझ गोलीले लागेर एक जना घाइते समेत भएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए। प्रहरीका अनुसार घाइतेलाई ३ वटा गोली लागेको छ र उनलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ । काठमाडौंको गोठाटारमा अज्ञात व्यक्तिको गोली प्रहारबाट घाइते भएका व्यक्तिको पहिचान खुलेको छ । कागेश्वरी मनहरा नगरपालिका वडा नम्बर ८ स्थित गोठाटार कृष्ण मन्दिर नजिकै अज्ञात व्यक्तिले चलाएको गोली लागेर घाइते हुनेमा सर्लाहीको हरिवन नगरपालिका–२ का ५५ वर्षीय लाल मोहम्मद भन्ने मोहम्मद दर्जी हुन् ।
प्रहरीले कसले र के कारणले गोली चलाएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको जनाएको छ ।