चट्याङले सर्लाहीमा एकको मृत्यु, चार घाइते
सर्लाही : सोमबार साँझ हावाहुरी र वर्षासँग परेको चट्याङले सर्लाहीमा एकको मृत्यु भएका छन् भने चार जना घाइते भएका छन् ।
मृत्यु हुनेमा ईश्वरपुर नगरपालिका १२ गुईडुङका २८ वर्षीय प्रेमबहादुर घलान रहेकाे प्रहरीले जनाएको छ।
चट्याङ लागेर सोही ठाउँका २७ वर्षीय बुद्धबहादुर पाख्रिन, उनकी श्रीमती २६ वर्षीया नन्दीमाया घलान, छोरी ३ वर्षीया प्रतिमा र स्थानीय रुद्रबहादुर सन्तयाङ घाइते भएका छन्।
घाइतेहरुको अवस्था मध्यम रहेको र उनीहरुको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएकाे छ ।