महारानी एलिजाबेथ द्वितीयाको अन्तिम संस्कार सम्पन्न
एजेन्सी : महारानी एलिजाबेथ द्वितीयाको अन्तिम संस्कार सम्पन्न भएको छ । उनकाे अन्तिम संस्कार राजधानी लण्डनमा रहेको प्रसिद्ध गिर्जाघर वेस्टमिन्स्टर एबेमा सम्पन्न भएको हो ।
समारोहमा विभिन्न देशका विशिष्ट व्यक्तिको उपस्थिति थियो । राजा चाल्स तृतीयले आमाको कफिन पछाडि रहेर वेस्टमिन्स्टर हलदेखि एबेसम्मको शवयात्राको नेतृत्व गर्दा उनलाई राजपरिवारका अन्य सदस्यले साथ दिएका थिए ।
बीबीसीका अनुसार महारानीको शव वेस्टमिन्स्टर एबीमा प्रवेश गर्दा भजन मण्डलीले संगीतबद्ध रुपमा श्लोकहरू गाएका थिए जुन परम्परा १८औँ शताब्दीयताका राजकीय अन्तिम संस्कारका कार्यमा चल्दै आएको छ ।
समारोहको अन्त्यमा दुई मिनेटको मौन धारण गरिनुअघि द लास्ट पोस्ट धुन बजाइएको थियो ।
