बंगलादेशमा अवामी लिगको दुईदिने बन्द, विभिन्न स्थानमा आगजनी

एजेन्सी, १३ मङ्सिर । शेख हसिनाको नेतृत्वमा रहेको अवामी लिगले आइतबारदेखि बंगलादेशमा दुईदिने देशव्यापी बन्द आह्वान गरेको छ ।

बन्दका क्रममा विशेषगरी दक्षिणी क्षेत्रमा सडक अवरुद्ध गर्ने र आगजनीका घटना भएका छन् । स्थिति नियन्त्रणमा लिन सरकारले थप प्रहरी परिचालन गर्नुका साथै सीमा सुरक्षा बल (बीजीबी) का १२० प्लाटुन देशभर खटाएको छ ।

हसिनाको गृहजिल्ला गोपालगञ्जमा अवामी लिगका समर्थकले विभिन्न प्रदर्शन गरिरहेका छन् । यसैबीच, हसिनाले डिसेम्बर १६ मा बंगलादेश फर्किने घोषणा गरेपछि राजनीतिक तनाव थप बढेको छ ।

मृत्युदण्डको सजाय पाइसकेकी हसिनालाई सरकारले यात्रा कागजात उपलब्ध नगराउने जनाएको छ । बंगलादेशले सुपुर्दगी सन्धिअन्तर्गत उनलाई फिर्ता पठाउन भारतसँग अनुरोधसमेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *