कुनै गन्तव्य नभएको गठबन्धनसँग देशभक्त एमाले प्रतिस्पर्धा गर्दैछः महासचिव पोखरेल

काठमाडौँ । नेकपा (एमाले) महासचिव शंकर पोखरेलले मंसिर ४ निर्वाचनमा देशभक्त, प्रगतिशील शक्ति एमाले र कुनै गन्तव्य नभएको, व्यक्तिगत स्वार्थमा लागेको गठबन्धनबीच प्रतिस्पर्धा हुने बताउनु भएको छ ।

पार्टी प्रवेश कार्यक्रमलाई सम्वोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । ‘देशभक्त, प्रगतिशील, देश र जनता हितको पक्षमा रहेको एमाले र कुनै गन्तव्य नभएको, व्यक्तिगत स्वार्थमा लागेको गठबन्धनबीचको प्रतिस्पर्धा हुन गइरहेको,’ उहाँले भन्नुभयो, ‘देश बनाउने उद्देश्यका साथ अगाडि बढिरहेको एमालेमा समाहित भएकोमा नवप्रवेशीहरूलाई पार्टीमा हार्दिक स्वागत छ।’ कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका केन्द्रीय सदस्य धीरजकुमार शाही र दैलेख जिल्लाका अध्यक्ष नवीनकुमार शाही दर्जनौं कार्यकर्तासहित एमाले प्रवेश गर्नुभएको छ ।