भारतीय कमेडियन राजु श्रीवास्तवकाे हृदयघातका कारण निधन

एजेन्सी : भारतका चर्चित कमेडियन राजु श्रीवास्तवको ५८ वर्षको उमेरमा निधन भएको छ ।

हृदयघातका कारण अल इन्डिया इन्स्टिच्यूट अफ मेडिकल साइन्स दिल्लीमा उपचारत उनको बुधबार बिहान निधन भएको भारतीय सञ्चार माध्यम हिन्दुुस्तान टाइम्सले जनाएकाे छ ।

अगस्ट १० मा उनलाई हृदयघात भएपछि अस्पतालमा भर्ना गरिएकाे थियाे। उनी एक महिनाभन्दा बढी समयदेखि भेन्टिलेटरमा थिए।

श्रीवास्तव चर्चित कमेडियन हुन्। उनी ‘इन्डियाज लाफ्टर च्यालेन्ज’, ‘बिग बोस सिजन ३’, ‘देख भाइ देख’ जस्ता कार्यक्रममा देखिएका छन्।

त्यस्तै ‘बम्बई टु गोवा’ र ‘ट्वाइलेटः एक प्रेम कथा’ जस्ता फिल्ममा पनि उनले अभिनय गरिसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *