अनुमतिविना काठमाडौंमा होर्डिङ बोर्ड र डिजिटल बोर्ड राख्न निषेध

काठमाडौं : अनुमतिविना काठमाडौं महानगरपालिकाभित्र होर्डिङ बोर्ड र डिजिटल बोर्ड राख्न नपाइने भएको छ ।

काठमाडौं महानगरपालिकाले बुधबार एक सार्वजनिक सूचना जारी गर्दै अनुमति नलिएका र अनुमतिको अवधि सकिएका होर्डिङ बोर्ड र डिजिटल बोर्ड हटाउन निर्देशन दिएको छ ।

असोज ५ गतेबाट अनुमति बीना वाहृय विज्ञापन सञ्चालन नगर्न/ नगराउन सम्वद्ध सबैलाई सूचित गरिन्छ, महानगरको सूचनामा भनिएको छ ।

महानगरले उच्च अदालत पाटनले निषेधाज्ञाको मुद्दामा ३० भदौमा दिएको आदेशका आधारमा यस्तो सूचना जारी गरिएको बताएको छ ।

नियम उल्लंघन गरी वाह्य विज्ञापन गरेमा नगर प्ररीहले बन्द गराउने सूचनामा उल्लेख छ ।