शेयर बजारमा नेप्से दोहोरो अंकले बृद्दी, काराेबार रकम भने घट्याे

काठमाडौं,५ असोज । साताकाे चाैथाे दिन शेयर बजारमा नेप्से दोहोरो अंकले बृद्दी भएकाे छ ।

बुधबार बजार परिसूचक नेप्से ११.२२ अंकले वृद्धि भएर १८४८.८२ अंकमा बन्द भएको छ । बुधबार नेप्सेमा सबै उपसूचकमा वृद्धि हुँदा म्युचुअल फण्ड उपसूचक भने ०.४४ प्रतिशतले घटेको छ ।

२९ भदौमा १९८१.४८ अंकमा बन्द भएको नेप्से ३० भदौदेखि ४ असोजसम्म लगातार चार कारोबार दिनमा १४३.८८ अंकको गिरावट भएको थियो ।

नेप्सेमा सुधार भएपनि बुधबार कारोबार रकम भने घटेको छ । यस दिन कारोबार रकम ७२ करोड १३ लाखमा सीमित भएको छ ।

बुधबार नेप्सेमा नबिल बैंकको सर्वाधिक ३ करोड ३८ लाखको कारोबार हुँदा रिडी हाइड्रोपावरको २ करोड ४१ लाखको कारोबार भएको छ ।

कारोबार अवधिभर १८७ कम्पनीको सेयर कारोबार भएकोमा १४२ कम्पनीको सेयर मूल्य वृद्धि हुँदा ३८ कम्पनीको घटेको छ । त्यस्तै ७ कम्पनीको भने स्थिर छ ।