मेक्सिकोमा फेरी शक्तिशाली भूकम्प

एजेन्सी, ६ असाेज । मेक्सिकोमा बिहीबार फेरी शक्तिशाली भूकम्प गएकाे छ ।

६.९ म्याग्निच्युड मापन गरिएको यस भूकम्पको केन्द्रबिन्दु पश्चिमी राज्य मिचोआकानको कोलकोमानबाट ८४ किलोमिटर दक्षिणमा प्रशान्त महासागरको तटनजिक रहेको राष्ट्रिय भूकम्प विज्ञान निकायले जनाएको छ ।

यसअघि सोमबार मिचोआकानमा आएको ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी दुई जनाका मृत्यु भएको थियो ।

भूकम्पपछि सहरमा अहिलेसम्म कुनै क्षति नभएको मेक्सिको सिटीका मेयर क्लाउडिया सेनबाउमले बताउनु भएको छ ।

राष्ट्रिय भूकम्प विज्ञान एजेन्सीकाअनुसार भूकम्प १२ किलोमिटर गहिराइमा परेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *