ह्वात्तै बढ्याे डेंगु संक्रमितको संख्या, साढे २५ हजार नाघ्यो
काठमाडौं, ११ असाेज । दशैँ नजिकिंदै गर्दा डेंगु संक्रमितको संख्या पनि बढ्दै गइरहेका छन् ।
देशभर डेंगु संक्रमितको संख्या साढे २५ हजार नाघेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
२०७९ साउनदेखि हालसम्म २५ हजार ५४३ जना डेंगुका बिरामी नेपालमा भेटिएका हुन् ।
मन्त्रालयका अनुसार हालसम्म प्रदेश १ मा ७७५, मधेश प्रदेशमा ३८०, बागमतीमा १९ हजार ९१०, गण्डकीमा ५५६, लुम्बिनीमा २ हजार ८८७, कर्णालीमा २३१ र सुदुरपश्चिम प्रदेशमा ८०४ जनामा डेंगु देखिएको छ । डेंगुका कारण हालसम्म ३२ जनाको मृत्यु भएको छ ।
नेपालमा २०६१ सालमा पहिलो पटक डेंगुको बिरामी देखिएका थिए । त्यसपछि वर्षेनी डेंगुका बिरामी नेपालमा देखिएका छन् ।