एमाले सचिवालय बैठकबाट बन्दसूचिका नाममा केही हेरफेर गर्ने निर्णय

काठमाडौँ, १४ असोज । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको एमाले सचिवालय बैठकले जसोज ३ मा निर्वाचन आयोगमा बुझाएको बन्दसूचिमा केही हेरफेर गर्ने निर्णय गरेको छ ।

मध्यरातसम्म बसेको बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिदैँ एमालेका उपमहासचिव समेत रहनु भएको प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले यस्तो जानकारी दिनुभएको हो । उहाँका अनुसार समानुपातिकको लगभग लगभग टुंगो लागिसकेको छ ।

केही संशोधित बन्दसूची आयोगले तोकेको मिति भित्रै बुझाउने एमालेको तयारी छ । बैठकले प्रत्यक्ष तर्फको विषयमा पनि छलफल गरेको थियो । तर, टुंगोमा भने पुग्न सकेको छैन । अर्को बैठक २१ वा २२ गते बस्नेछ एमालेले जानकारी दिएको छ । त्यो बैठकमा सबै टुंगो लगाउने एमालेको तयारी छ ।