आयरल्याण्डको पेट्रोलपम्ममा भएकाे विष्फोटमा १० जनाको मृत्यु

एजेन्सी, २३ असाेज । रिपब्लिक अफ आयरल्याण्डको एक पेट्रोल पम्पमा भएको विस्फोटमा १० जनाकाे मृत्यु भएकाे छ ।

आयरिश पुलिसका अनुसार ४ पुरुष, ३ महिलासहित एक किशोर र दुइ बालबालिकाको मृत्यु भएको जनाएकाे छ ।

घाइते भएका सात जनाको अस्पतालमा उपचार भइरहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।

एक जना गम्भीर अवस्थाका घाइतेलाई भने डब्लिनको अस्पतालमा राखिएको बीबीसीले जनाएको छ।

शुक्रबार क्रिसलोको काउन्टी डोनेगल गाउँको एप्पलग्रीन सर्भिस स्टेशनमा विस्फोट भएको थियो ।