नेपाली सिनेमा ‘बाबरी’ दोस्रो हप्ता पनि हाउस फुल

काठमाडौं, २३ असाेज । गत असोज १४ गते बाट रिलीज भएको नेपाली सिनेमा ‘बाबरी’ दोस्रो हप्तामा पनि फुलका साथ चलिरहेको छ ।

यसरी ‘बाबरी’काे शो हरु हाउसफुल भएपछी मुख्य कलाकार धीरज मगर र अदिती बुढाथोकी , निर्मात्री पुष्प बुढाथोकी दर्शक सँग भेटघाट गर्न पुर्वका हल हलमा पुगेका छन ।

कलाकारहरूले शनिबार दमकको डिम्याक्स र बिर्तामोडको क्यूएफएक्स हलमा पुगेर दर्शक संगै बसेर सिनेमा हेरेका छन । दमक बाट टोली बिर्तामोड स्थित क्यूएफएक्स हलमा अन्तिम शो का दर्शक सँग भेट्न पुगेका थिए ।

पुर्वका दर्शकहरुको साथ र माया देखेर आफुहरु निकै खुशी अनी भावुक भएको कलाकारद्वय धीरज र अदितीले बताए ।