ठूलो पर्दा ‘द आउट लेयर’ मार्फत डेब्यु गर्दै अनिता
काठमाडौँ, २६ असाेज । एक दर्जन जति म्युजिक भिडियोमा अभिनयको गरि सकेकी अनिता गिरी अब ठूलो पर्दा ‘द आउट लेयर’ मार्फत डेब्यु गर्दैछिन् ।
खोटाङ् सिम्पानी स्थायी घरभई काठमाडौंलाई कर्मथलो बनाएर यो क्षेत्रमा लागि रहेकी उनि विगत ६ वर्षदेखि निरन्तर कला क्षेत्रमा काम गरि रहेकी छन् ।
सानैदेखि अभिनय र नृत्य भनेपछि हुरुक्क हुने उनको पहिलो गीतको भिडियो ‘वैगुनीले गएको थियो छोडेर’ रहेको थियो । उनले एक दर्जन भन्दा बढी गीतका भिडियोमा आफ्नो अभिनय पस्कि सकेकी छन् ।
अब ठूलो पर्दातर्फ जम्ने तयारीमा लागेकी उनि विक्की महर्जनको चलचित्र ‘द आउट लेयर’मार्फत डेब्यु गर्दैछिन् । ओडिनल, डेरिमिल्क, नेपाल आइस लगायतका थुप्रै विज्ञापनमा पनि अभिनय गरी सकेकी अनिताले डेढ दर्जन जति फेशन र्याम्पमा पनि आफूलाई हिँडाएकि छ्न ।
अभियन क्षेत्रमा नै पूर्ण रुपमा समर्पित भएर लागेको बताउने उनि सबैप्रकारको भूमिकालाई न्याय गर्न सक्ने आफूमा खुबी रहेको दाबी गर्दछिन् ।