इराककी राष्ट्रपतिमा निर्वाचित भए रसिद

एजेन्सी, २८ असाेज । इराकको राष्ट्रपतिमा कुर्द राजनीतिज्ञ अब्दुल लाटिफ रसिद निर्वाचित भएका छन्।

बिहीबार भएको संसदीय मतदानपछि उनी राष्ट्रपतिमा निर्वाचित भएको हाे । नयाँ राष्ट्रपति चयनका लागि संसदमा दुई पटक मतदान भएको थियो।

देशमा नयाँ राष्ट्रपति चयन गरिएसँगै इराकमा रहेको राजनीतिक गतिरोध अन्त्य हुने विश्वास गरिएको छ।

नवनिर्वाचित राष्ट्रपति रसिदले वर्तमान राष्ट्रपति बर्हाम सालेहलाई पराजित गरेका थिए।

मतदानमा सहभागी सांसदहरु मध्ये १६० जनाले नवनिर्वाचित राष्ट्रपति रसिदलाई समर्थन गरेका थिए भने ९९ जनाले सालेहलाई मतदान गरेका थिए।

अहिले ७८ वर्ष उमेर पुगेका रसिद यसअघि सन् २००३ देखि २०१० सम्म जलश्रोत मन्त्री थिए।