नाई नभन्नु ल ६’ मा आचल शर्मा अनुबन्धित, बिहीबारदेखि छायांकन हुने

काठमाडाैं, ३१ असाेज । फिल्म ‘नाईं नभन्नू ल’ को छैटौँ श्रृंखला निर्माण हुने भएको छ । बिहीबारदेखि छायांकन सुरु हुने फिल्ममा अभिनेत्री आँचल शर्मा र नव–अभिनेता आर्शिवाद क्षेत्रीको प्रेम र रोमान्स समेटिनेछ ।

प्रेमकथामै सबै श्रृंखला हुँदै आएको ‘नाईं नभन्नु ल’ को छैटौँ श्रृंखला पनि प्रेमकथामानै निर्माण हुन लागेको हो ।फिल्ममा अनुभव रेग्मी सहित केही बालकलाकार समेतको अभिनय रहने निर्माण युनिटले जनाएको छ ।

यस अगाडि पाँचौँ श्रृंखला सफल निर्माण गरेका विकासराज आचार्यले नै फिल्मको निर्देशन गर्न लागेका हुन् ।

फिल्मको कथा निर्देशक आचार्य आफैले लेखेका हुन् । पटकथा तथा संवाद भने उनले सामीप्य राज तिमल्सिनासँग मिलेर तयार पारेका हुन् ।

पुरुषोत्तम प्रधानको छायांकन रहने ‘नाईँ नभन्नू ल ६’ मा ९ वटा गीत रहनेछ । जसको तयार बसन्त सापकोटा, भुपेन्द्र रायमाझीलगायत मिलेर गरेका छन् ।

फिल्मको रिलिज आगामी बैशाख १ गते नयाँ वर्ष मा गर्ने योजना रहेकाे निर्देशक आचार्यले जनाएकाे छ ।