‘भुईँमान्छे’ गैरेका लागि सहज बन्दै पाल्पा २, प्रतिस्पर्धामा पाण्डे
काठमाडौं, ६ कात्तिक । ०६२–०६३ को जानआन्दोलन उत्कर्षमा पुगिरहेका बेला काठमाडौँका सडकमा दर्बिलो आवाजसहित चोरीऔँला शासकतिर फर्काएर खिरिलो ज्यानमा ओजस्वी भाषण गर्ने युवा ठाकुर गैरेको परिचय अहिले पनि भुईँमान्छे कै छ ।
०६३ सालमा चितवनमा सम्पन्न अनेरास्ववियुको १८ औँ महाधिवेशनबाट अध्यक्ष बन्नुभएका गैरे अनेरास्ववियुको नेतृत्वबाट विदा हुनेवित्तिक्कै बुटवलमा सम्पन्न नेकपा (एमाले) को आठौँ महाधिवेशनबाट केन्द्रीय कमिटिको जिम्मेवारीमा छिर्नु भएको थियो । विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा प्रवेश गरेको करिब १३–१४ वर्षमा गैरे एमाले पोलिटव्युरो सदस्यको जिम्मेवारीमा पुग्नुभयो । तर, गैरेलाई संसदीय राजनीतिको ढोका खोल्न भने झण्डै रामचन्द्र वनवास गएको वर्ष व्यथित गर्नुपर्ने भयो । अर्थात झण्डै १४ वर्षको प्रतिक्षापछि अहिले पहिलो पटक संसदीय र शासकीय राजनीतिक प्रवेशका लागि ढोकामा पुग्नु भएको छ ।
अहिले यहि फलामे ढोका पार गरेर संसदीय र शासकीय राजनीति प्रवेशको उम्मेदसहित युवा नेता गैरे पाल्पा २ बाट एमालेका तर्फबाट उम्मेदवार बन्नुभएको छ । पाल्पा २ को एमाले इतिहासलाई हेर्ने हो भने यो भन्दा अघिले निर्वाचनसम्म पनि एकलौटी रूपमा सोमप्रसाद पाण्डेले टिकट पाउँदै आउनु भएको थियो । संयोग नै भन्नुपर्छ, यो पटक गैरेको प्रतिस्पर्धा एमाले छाडेर जानुभएका पाण्डेसँग नै हुँदैछ । पाण्डे एमाले विभाजन हुँदा नेकपा एकीकृत समाजवादीतिर लागेपछि पाल्पाकै माटोमा जन्मिएर हुर्किनु भएका गैरे पहिलो पटक पाल्पाली जनताबाट अनुमोदित हुने अवसरसहित चुनावी मैदानमा हुनुहुन्छ ।
०६२–०६३ को जानआन्दोलन उत्कर्षमा पुगिरहेका बेला काठमाडौँका सडकमा दर्बिलो आवाजसहित चोरी औँला शासकतिर फर्काएर खिरिलो ज्यानमा ओजस्वी भाषण गर्ने युवा ठाकुर गैरेको परिचय अहिले पनि भुईँमान्छे कै छ
आफूभन्दा अगाडिका, सहकर्मी तथा आफूभन्दा जुनियर पुस्ताले समेत पटक–पटक संसदीय–राजकीय जिम्मेवारी पाइसक्दा पनि हरेक अवसरबाट वञ्चित हुँदै आउनु भएका गैरे यो पटक पाल्पाबाट उम्मेदवार बन्दै गर्दा पाल्पाली जनता मात्रै होइन धेरैले उहाँमाथि न्याय भएको भन्दै त्यहाँका मतदातासँग पनि न्यायको मत मागेका छन् । एमालेबाट लामो समय पाण्डेलाई जिताउन अग्रमोर्चामा खटिनु भएका गैरै र पाण्डे अहिले फरक दलबाट आमने–सामने हुनुभएको छ ।
नातामा माधव नेपालका सम्धी पर्ने पाण्डे नेपाल समूहले एमालेबाट छुट्टिएर नेकपा एकीकृत समाजवादी गठन गर्दा त्यतै लाग्नु भएको थियो । शीर्ष नेताको नाताको फाइदा उठाउँदै पटक–पटक पाण्डेले टिकट पाउँदा गैरे भने पटक–पटक अन्यायमा पर्दै आउनु भएको थियो । संसदीय राजनीतिमा ७ औँ पटक चुनावी मैदानमा उत्रिनु भएका पाण्डेका लागि यस कारण पनिगैरे चुनौति बन्ने धेरैले अनुमान गरेका छन् ।
२०५१ सालदेखि २०७४ सालसम्मका सबै निर्वाचनमा प्रतिस्पर्धा गर्नुभएका पाण्डेले २०६४ सालबाहेक चार वटै निर्वाचन जित्दै आउनु भएको छ । यो निर्वाचनमा सत्ता गठबन्धनको सहयोगमा उम्मेदवार बन्नु भएका पाण्डेका लागि चुनाव जित्न त्यहि सहज नभएको चर्चा समेत हुने गरेको छ । यो पटक उहाँले उहाँले पूर्व सहकर्मी मात्रै होइन पूवपार्टीका विरुद्ध चुनाव लड्नुपर्ने छ । एमाले विभाजन भएपछि विगत १ वर्षदेखि पाल्पामा संगठन विस्तार र पार्टी काममा जिल्लामै सक्रिय गैरे एमालेको पोलिटब्युरो सदस्य मात्रै होइन पाल्पाका इन्चार्ज समेत हुनुहुन्छ ।
विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा प्रवेश गरेको करिब १३–१४ वर्षमा गैरे एमाले पोलिटव्युरो सदस्यको जिम्मेवारीमा पुग्नुभयो । तर, गैरेलाई संसदीय राजनीतिको ढोका खोल्न भने झण्डै रामचन्द्र वनवास गएको वर्ष व्यथित गर्नुपर्ने भयो । अर्थात झण्डै १४ वर्षको प्रतिक्षापछि अहिले पहिलो पटक संसदीय र शासकीय राजनीतिक प्रवेशका लागि ढोकामा पुग्नु भएको छ
पाँच दलीय सत्ता गठबन्धनको दबदबाका बिचमा गत वैशाखमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा पार्टीले प्राप्त गरेको मतको आधारमा पनि गैरेको जितका लागि सहज अवस्था छ । धेरैले स्थानीय तहको निर्वाचन गठबन्धनविरुद्ध गैरेको अग्निपरीक्षा सफल भएको भनेर पनि चर्चा गर्ने गरेका छन् । पालिकादेखि वडा स्तरसम्मै ५ दलको गठबन्धन भएको पाल्पाका १० स्थानीय तहमध्ये एमाले एक्लैले ६ वटा पालिकामा जित हात पारेको थियो । स्थानीय तहको निर्वाचनमा यस क्षेत्रमा एमालेले ३० हजार ५ सय ६६ र कांग्रेस २९ हजार ३९ मत ल्याएको थियो । माओवादीसँग ४ हजार ३ सय १३ र एससँग जम्मा ४ सय ३३ मत छ । २९ हजार मत भएको कांग्रेसले समेत ४ सय ३३ मत भएको एसलाई मत हाल्ने कुरा कांग्रेसजनका लागि समेत अनौठो बनेको छ । त्यो भनेको गैरेका लागि थप सुविधा हो ।
पार्टीभित्रको नातावादका कारण हरेक पतटक अवसरबाट वञ्चित हुनुभएका नेता गैरेप्रति पाल्पा २ का पार्टीभित्रका मतदाता मात्रै होइन आम मतदाताको पनि सद्भाव रहँदै आएको छ । चुनावी अभियानको क्रममा अहिले जनताको घरदैलोमै रहेका नेता गैरे पाल्पामा आफ्नो पक्षमा सकारात्मक माहोल रहेको बताउनुहुन्छ ।
कृषि र पर्यटनमा राम्रो सम्भावना बोकेको जिल्ला पाल्पामा सडक क्षेत्रको पूर्वाधार विकास गर्ने मुख्य एजेण्डासहित अहिले गैरे चुनावी मैदानमा हुनुहुन्छ । मुख्य गरेरतानसेन–बुटवल सडक खण्डलाई सुरक्षित, व्यवस्थित मार्गका रूपमा विकास गर्ने उहाँको अर्को एजेण्डा छ । ‘तानसेन र सबै छिमेकी जिल्लालाई पाल्पासँग जोड्ने सडकलाई व्यवस्थित र कालोपत्रे गर्ने मेरो योजना छ,’ उहाँले भन्नुभयो, ‘पाल्पा जिल्लामा प्रशस्त खेतीयोग्य जमिनहरू छन् । त्यससँग जोडिएका कृषि सडक, सहायक सडकलाई व्यवस्थित गर्ने योजना छ।’
पार्टीभित्रको नातावादका कारण हरेक पतटक अवसरबाट वञ्चित हुनुभएका नेता गैरेप्रति पाल्पा २ का पार्टीभित्रका मतदाता मात्रै होइन आम मतदाताको पनि सद्भाव रहँदै आएको छ । चुनावी अभियानको क्रममा अहिले जनताको घरदैलोमै रहेका नेता गैरे पाल्पामा आफ्नो पक्षमा सकारात्मक माहोल रहेको बताउनुहुन्छ
त्यस्तै सिद्धार्थ राजमार्ग, कालीगण्डकी करिडोर, रामपुर चपुरकोट सडक खण्डको कामलाई सम्पन्न गर्ने, चक्रपथलाई सम्पन्न गर्ने एजेन्डा रहेको उहाँले बताउनुभयो । ‘पाल्पामै स्वरोजगार बनाउने मेरो अर्को एजेन्डा छ,’ उहाँले भन्नुभयो, ‘पाल्पामा रहेका खेतीयोग्य जमिनको प्रयोग गरेर कृषिको आधुनिकीकरण गर्ने,युवाहरूलाई कृषि कर्ममार्फत स्वरोजगार बनाउने र खाद्यवस्तुमा पाल्पालाई आत्मनिर्भर बनाउने, शिक्षा र स्वास्थ्यमा पाल्पालाई नमुना जिल्लाका रूपमा स्थापित गर्ने मेरा एजेण्डा छन् ।’
पाल्पामा रहेका कच्चा पदार्थमा आधारित खनिज, जडीबुटी, बन पैदावार र अरू विषयमा साना, ठुला उद्योग सञ्चालन गर्ने। उद्यमशीलताका माध्यमबाट पाल्पा जिल्लाका नागरिकको आर्थिक स्तर वृद्धि गर्ने, पाल्पाका जनताको जीवनस्तर माथि उठाउने योजना पनि गैरेको छ ।
पर्यटनको सम्भावना रहेको पाल्पा जिल्लामा रहेका सम्भावनालाई लिएर पर्यटकीय विकासमा योगदान गर्ने पनि उहाँले बताउनुभयो । ‘अंग्रेजसँगको लडाइ, सेन राज्यको समृद्ध सामर्थ्य राज्य पनि यही जिल्लासँग जोडिएको छ। पाल्पाको ऐतिहासिकता, भाषा, संस्कृति, साहित्य, कलाको जगेर्ना गर्ने योजना छ, ‘गैरेले भन्नुभयो ‘धार्मिक पर्यटन तथा अन्य पर्यटकीय विकासको माध्यमबाट समग्र जिल्लाको पूर्वाधार, सामाजिक विकास, आर्थिक क्षेत्रमा योगदान गर्छु। पाल्पालाई उत्तर दक्षिणतर्फको कनेक्टिभिटीलाई बढाउने र पाल्पाको समग्र विकास गर्ने, राष्ट्रिय राजनीतिमा पहिचान बनाएका भ्रष्टाचार विरोधी अभियान र राष्ट्रियताको पक्षमा पनि अझ बलियोसँग अभियान चलाउने योजना छ ।’
उहाँले अन्त्यमा भन्नुभयो– यी विभिन्न कारले पनि मेरो पार्टी नेकपा एमाले र मलाई पाल्पामा मतदाताले मतदान गरेर विजयी गराउनुहुने छ भन्नेमा विश्वस्थ छु ।’
उहाँले भ्रष्टाचार विरोधी अभियानलाई अझ बलियोसँग अगाडि बढाउने, राष्ट्रियताको आन्दोलनलाई अझ बलियो बनाउने, नेपाली जनताले लडेर प्राप्त गरेको व्यवस्था र नेपाली जनताले लेखेको संविधानलाई कार्यान्वयनमार्फत समग्र देश विकास मार्फत सम्पूर्ण जीवन समर्पण गर्ने योजना पनि गैरेको छ । उहाँले अन्त्यमा भन्नुभयो– यी विभिन्न कारले पनि मेरो पार्टी नेकपा एमाले र मलाई पाल्पामा मतदाताले मतदान गरेर विजयी गराउनुहुने छ भन्नेमा विश्वस्थ छु ।’