बेलायतका राजा चार्ल्समाथि अण्डा प्रहार

एजेन्सी, २४ कात्तिक । बेलायती राजा चार्ल्स तृतीय र उहाँकी धर्मपत्नी रानी कन्सोर्ट क्यामिला उत्तरी इङ्ग्ल्यान्डको भ्रमणमा रहेकाे बेला अण्डा प्रहार भएको छ ।

७३ वर्षीय राजा चार्ल्स र उहाँकी ७५ वर्षीया पत्नी क्यामिलालाई योर्कमा हिँडडुल गर्ने क्रममा अण्डाले निशाना बनाएको बेलायती सञ्चारमाध्यमले भिडियो सार्वजनिक गरेका छन्।

राष्ट्राध्यक्षप्रति अण्डा प्रहार गरेको अभियोगमा पक्राउ परेका व्यक्तिले “यो देश दासको रगतले बनेको हो,” नारा लगाएका थिएभने भीडले “भगवान्ले राजालाई बचाऊन् नारा लगाएको थियो ।

प्रहरीले अपराधीलाई हिरासतमा लिएको बताइएपछि बेलायती राजा चाल्र्स र क्यामिलाले लर्ड मेयरद्वारा आधिकारिक रूपमा योर्क शहरमा स्वागत गर्न बोलाइएको एक परम्परागत समारोहमा सहभागी भएका थिए।

चार्ल्सकी आमा महारानी एलिजाबेथ द्वितीयको गत सेप्टेम्बर ८ मा निधन भएपछि स्थापना गरिएको सालिकको अनावरणमा सहभागी हुन राजपरिवार उक्त ऐतिहासिक शहरमा पहिलो पटक पुगेको थियो।

यसअघि महारानी एलिजाबेथको मृत्यु भएको केही दिनपछि स्कटल्याण्डको एडिनबरामा एक जना प्रदर्शनकारीलाई पक्राउ गरिएको थियो । उनले ‘राजतन्त्रको अन्त्य गर,’ लेखिएको ‘प्लेकार्ड’ बोकेर राजा चाल्र्सको विरोध गरेका थिए ।

बेलाइतका राजा राज्यको प्रमुख रहेका धेरै स्थानमा यदाकदा राजपरिवार र राजसंस्थाको विरोध भएको छ । सन् १९८६ मा न्युजिल्यान्डको राजकीय भ्रमणमा रहेकाबेला महारानी एलिजाबेथमाथि एक महिलाले अण्डा प्रहार गरेकी थिइन् ।