गुल्मीमा चहकिलो बत्ती बन्दै प्रदीप, गठबन्धनको गणित भन्दा प्रदीपको विकास बलियो
दिपेन्द्र श्रेष्ठ
काठमाडौँ, २७ कात्तिक । प्रदीपको अर्थ चहकिलो बत्ती अर्थात् दीप वा दियो भन्ने हुन्छ । प्रदीप साच्चिकै नाम जस्तै प्रदीप हुनुहुन्छ अर्थात प्रदीप ज्ञवाली भन्ने वित्तिकै राष्ट्रिय राजनीतिमा उहाँको शालीन छविको चर्चा हुन्छ । १६–१७ वर्षको कलिलो उमेरमा भूमिगत राजनीतिमा होमिनु भएका ज्ञवालीको अर्को परिचय पनि छ । त्यो भनेको असल र बौद्धिक छविका नेता भन्ने हो । नेकपा (एमाले) का उपमहासचिव समेत रहनु भएका ज्ञवाली अहिले प्रतिनिधिसभा सदस्यका लागि गुल्मी–१ बाट चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।
०५६ सालको प्रतिनिधिसभा र २०६४ को पहिलो संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसका चन्द्र भण्डारीलाई पराजित गर्नुभएका ज्ञवालीले ०७४ को आम निर्वाचनमा पनि भण्डारीलाई नै पराजित गर्नुभएको थियो । अहिले उहाँ चौथो पटक चिरपरिचित प्रतिस्पर्धी भण्डारीलाई पराजित गर्ने आत्मविश्वासका साथ चुनावी मैदानमा हुनुहुन्छ ।
गुल्मी जिल्लाको बलेटक्सारमा जन्मिनु भएका ६० वर्षीय ज्ञवाली ०३० सालमा अखिल नेपाल क्रान्तिकारी विद्यार्थी संघको प्रारम्भिक कमिटीबाट राजनीतिमा होमिनु भएको हो । राजनीतिमा होमिएको करीब ३३ वर्षपछि अर्थात ०६३ मा पर्यटनमन्त्री बन्नु भएका ज्ञवाली गुल्मीमा विकासप्रेमी नेताको रुपमा परिचित हुनुहुन्छ ।
उहाँ मन्त्री हुँदा शिलान्यास गरेको तम्घास नगरपालिकाको सिमीचौरमा रेसुंगा विमानस्थल शिलान्याश भयो । तर, त्यो विमानस्थललाई सूचारु गर्न अर्थात त्यसलाई मूर्तरुप दिन उहाँ फेरि मन्त्री बन्नु पर्यो । सपना बुन्ने मात्रै होइन त्यो सपनालाई साकार रुप दिनुपर्छ भन्ने ज्ञवाली ०७४ सालमा मन्त्री बन्नुभयो । त्यतिबेला एमालेका अध्यक्ष केपी शर्मा ओली देशको प्रधानमन्त्री हुनुहुन्थ्यो । ज्ञवालीको सपनाले त्यतिबेला साकार रुप लियो अर्थात अन्ततः रेसुंगा विमानस्थल बन्यो र २०७५ जेठ २५ मा परीक्षण उडान भयो । कोरोना महामारीलगायतको असरलाई छेल्दै २०७९ वैशाखमा विमानस्थल बन्यो । अहिले विमानस्थल नियमित उडानको प्रतिक्षामा छ ।
प्रदीपको अर्थ चहकिलो बत्ती अर्थात् दीप वा दियो भन्ने हुन्छ । प्रदीप साच्चिकै नाम जस्तै प्रदीप हुनुहुन्छ अर्थात प्रदीप ज्ञवाली भन्ने वित्तिकै राष्ट्रिय राजनीतिमा उहाँको शालीन छविको चर्चा हुन्छ । १६–१७ वर्षको कलिलो उमेरमा भूमिगत राजनीतिमा होमिनु भएका ज्ञवालीको अर्को परिचय पनि छ । त्यो भनेको असल र बौद्धिक छविका नेता भन्ने हो
हो, उहाँ पर्यटनमन्त्री हुँदा शिलान्यास भएको विमानस्थल कांग्रेस नेतृत्वको सरकारका बेला ज्ञवालीलाई व्याङ्ग्य गर्ने एउटा माध्ययम बनेको थियो । ‘म चार वर्ष पराजित हुँदा झण्डै–झण्डै यहाँको विमानस्थल हराउने अवस्था भयो,’ उहाँले विगत यसरी स्मरण गर्नुभयो, ‘कागजको विमान बनाएर मेरो सपनालाई खिसिट्युरी गर्नेहरू कांग्रेसका साथीहरु थिए । अहिले त्यहि विमानस्थल जहाज उढ्ने प्रतिक्षामा छ ।’
यो एउटा उदाहरण मात्रै हो । राष्ट्रिय राजनीतिमा राम्रो छवि बनाउनु भएका ज्ञवाली जिल्लामा विकासप्रेमी नेताका रुपमा परिचित हुनुहुन्छ । भूमिगत राजनीतिक कालमा धेरै वर्ष ओहोर–दोहोर गरेको कालीगण्डकी तीरमा राम्रो बाटो बनाउने सपना पनि ज्ञवालीकै पहलमा पूरा भएको छ । ०५७ सालमा शिलान्यास गरेको कालीगण्डकी करिडोर निर्माणका लागि उहाँकै पहलमा ५ अर्बको बजेट विनियोजन भएको थियो । अहिले कालीगण्डकी करिडोरमा दोहोरो गाडी चल्छन् । कालीगण्डकी करिडोर निर्माणपछि कालीगण्डकी गाउँपालिका, सत्यवती गाउँपालिका हजारौं नागरिकले आनन्दको स्वास फेरेका छन् ।
उहाँ पछिल्लो पाँच वर्ष सांसद र मन्त्री हुँदा गुल्मीका जनताले निकै ठूलो राहतको महशुस गरेको ज्ञवालीको अनुभव छ । ‘पाँच वर्षमा मात्रै १८ अर्व भन्दा बढी बजेट गुल्मीको विकासमा खर्च गरेका छौँ,’ उहाँले गौरवका साथ भन्नुभयो, ‘रिडीदेखि बागलुङसम्म कालिगण्डकीको किनारै किनार हिड्ने हो भने त्यहाँ एमालेले गरेको विकास देखिन्छ ।’
‘पाँच वर्षमा मात्रै १८ अर्व भन्दा बढी बजेट गुल्मीको विकासमा खर्च गरेका छौँ,’ उहाँले गौरवका साथ भन्नुभयो, ‘रिडीदेखि बागलुङसम्म कालिगण्डकीको किनारै किनार हिड्ने हो भने त्यहाँ एमालेले गरेको विकास देखिन्छ ।’
उहाँकै भनाई सापट लिने हो भने कुनै बेला गुल्मीको कर्णाली भनेर चिनिने कालीगण्डकी किनारका पालिका अहिले कालिगण्डकी करिडोर निर्माणका कारण सुगम बनेका छन् । उहाँले आफूले गुल्मीमा गरेको विकासको पन्तुरो फुकाउँदै गर्दा गुल्मीका काकाकाुल डाँडाका वस्तीहरुमा पानीको सुविधाका लागि गरेको कायकल्पलाई पनि छुटाउनु भएन । ‘सेरुङ्गा विमानस्थल अहिले जहाज उडानको पर्खाइमा छ गुल्मीका डाँडाका वस्तीहरुका पानीका लागि काकाकुल जस्ता थिए । लिफ्टिङमार्फत खानेपानी योजना सञ्चालनपछि यो पाँच वर्षमा दर्जनौँ खानेपानीका आयोजनाहरु सफल भएका छन् र लाखौँ जनताले अहिले तिर्खा मेटाउन पाएका छन्,’ उहाँले भन्नुभयो, ‘१५–१५ बेडका करौडौँका अस्पताल अहिले गुल्मीमा बनेका छन् । तम्घासमा ५० बेडको अत्याधुनिक अस्पताल निर्माण भैरहेको छ ।’
अहिले चुनावी मैदानमा होमिदैँ गर्दा ज्ञवालीसँग विगतमा गरेका कामको फेहरिस्त मात्रै छैन अब पाँच वर्षमा के–के गर्ने भन्ने प्रष्ट योजना पनि छन् । ‘पहिला पालिका र त्यसपछि वडासम्म कालोपत्रे बाटो जोड्ने योजना मसँग छ,’ उहाँले भन्नुभयो, ‘पाँच वर्षमा मेरो निर्वाचन क्षेत्रका ५० वटै वडा जोड्ने बाटो कालोपत्रे गर्नेयोजन छ १० वर्षको अवधिमा गुल्मीको मुहार बदलिएको छ । अब थप पाँच वर्षमा हामी गुल्मीलाई थप समृद्ध बनाउछौँ ।’
‘पहिला पालिका र त्यसपछि वडासम्म कालोपत्रे बाटो जोड्ने योजना मसँग छ,’ उहाँले भन्नुभयो, ‘पाँच वर्षमा मेरो निर्वाचन क्षेत्रका ५० वटै वडा जोड्ने बाटो कालोपत्रे गर्नेयोजन छ १० वर्षको अवधिमा गुल्मीको मुहार बदलिएको छ । अब थप पाँच वर्षमा हामी गुल्मीलाई थप समृद्ध बनाउछौँ ।’
त्यसो त रिडी र कालीगण्डकी प्रभावित स्थानमा २ हजार ८ सय २० मिटर लामो र सात मिटर अग्लो आरसिसी तटबन्ध निर्माणमा पनि ज्ञवालीको अतुलीय भूमिका छ । यी ज्ञवालीका पहलमा भएका देखिने विकास हुन् ।
गुल्मीमा धार्मिक पर्यटको विकासमा पनि उहाँको उल्लेख्य भूमिका रहेको छ । तीनमुखे पुल, ऋषिकेश मन्दिर, तटबन्ध र पार्कसँगै जलाशयले पर्यटकीय रुपमा रुरु क्षेत्रलाई थप आकर्षित गर्ने काममा उहाँको योगदानको अहिले त्यहाँका बासिन्दा खुलेर चर्चा गर्छन् र भन्छन्– ‘हामीलाई विकासप्रेमी नेता चाहिएको छ । त्यो अभाव ज्ञवालीबाट मात्रै पूरा हुन्छ ।’ प्रदीपले गएको ५ वर्षमा गुल्मीमा १८ अर्ब बजेट पठाउनु भएको छ । सडक, पुल, शिक्षा, स्वास्थ्य, कृषि, सिँचाइ, खानेपानी, खेलकुदलगायतका दर्जनौं आयोजनामा उहाँको योगदान छ ।
प्रदीपले गएको ५ वर्षमा गुल्मीमा १८ अर्ब बजेट पठाउनु भएको छ । सडक, पुल, शिक्षा, स्वास्थ्य, कृषि, सिँचाइ, खानेपानी, खेलकुदलगायतका दर्जनौं आयोजनामा उहाँको योगदान छ
अहिले गठबन्धन गत वैशाखमा भएको स्थानीय तह निर्वाचनको गणित हातमा लिएर चुनाव जित्ने मनस्थितिमा छ । हो गुल्मी–१ मा दलगत रूपमा एमालेले स्थानीय तहमा ३५ हजार ७ सय १, कांग्रेसले ३१ हजार २ सय ९४, मत ल्याएको थियो । अहिले वठबन्धनमा रहेको माओवादीले ४ हजार ९ सय ७०, राष्ट्रिय जनमोर्चाले १ हजार ६ सय र एकीकृत समाजवादीले ४ सय ९७ मत ल्याएको थियो । सबै दल जोड्दा पनि गठबन्धन करीब २ हजार मत बढीको अवस्थामा मात्रै छ । २०७४ को प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा गुल्मीका दुई वटै क्षेत्रमा एमालेले जितेको थियो । यसरी हेर्दा यो सामान्य गणतिलाई कमजोर बनाउने ल्याकत ज्ञवालीका योजना र छविले सजिलै पूरा गर्नेमा एमाले ढुक्क देखिएको छ ।
सबै दल जोड्दा पनि गठबन्धन करीब २ हजार मत बढीको अवस्थामा मात्रै छ । २०७४ को प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा गुल्मीका दुई वटै क्षेत्रमा एमालेले जितेको थियो । यसरी हेर्दा यो सामान्य गणतिलाई कमजोर बनाउने ल्याकत ज्ञवालीका योजना र छविले सजिलै पूरा गर्नेमा एमाले ढुक्क देखिएको छ
राष्ट्रिय राजनीतिमा एमालेको नीतिले गरेको नेतृत्व र नेकपा (एमाले)को लोकप्रियतालाई पनि ज्ञवालीले जितको आधार बनाउनु भएको छ । नेपाली कांग्रेसको सरकार बनेका बेला र गठबन्धनबाट अहिले उम्मेदवार बन्नुभएका भण्डारी सांसद भएका बेला १ सय मिटर पनि त्यो क्षेत्रमा कालोपत्रे नभएको ज्ञवालीको आरोप छ । हरेक पालिकामा अस्पताल बनाउने, युवालाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्ने सपना पनि उहाँसँग जिवित छ ।
५० वटा वडादेखि पालिका केन्द्रसम्म जाने पिच सडक, बन्दै गरेको अत्याधुनिक ५० बेडको जिल्ला अस्पतालको पूर्णता, रिडी–तम्घास सडक, कालीगण्डकी करिडोरको पूर्णता, मदन भण्डारी राजमार्गको पूर्णता, प्रत्येक पालिकामा अस्पताललगायतका योजना पूरा गर्ने अठोट पनि उहाँसँग छ ।