उम्मेदवारी खारेजीको माग गर्दै रवि लामिछानेविरुद्ध निर्वाचन आयोगमा उजुरी

काठमाडौं, २९ कात्तिक । उम्मेदवार रवि लामिछानेको उम्मेदवारी खारेजीको माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछाने चितवन निर्वाचन–२ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार हुन् ।

लामिछानेले विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि नेपालको नागरिकता त्याग नगरेको भन्दै उम्मेदवारी खारेज गर्नुपर्ने माग गर्दै राजकुमार पाण्डेले निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन अधिकृतले सम्बन्धित व्यक्तिबाट स्पष्टीकरण प्राप्त गरेर आयोगमा पठाइसकेपछि थप प्रक्रिया अघि बढ्ने आयोगले जनाएको छ ।