कात्तिक महिनाको अन्तिम कारोबार नेप्सेमा सुधार

काठमाडाैं, ३० कात्तिक । कात्तिक महिनाको अन्तिम कारोबार दिन नेप्सेका सुधार आएकाे छ । आज नेप्से परिसूचक १३.४० अंक बढेर १९११.२६ विन्दुमा पुगेको छ।

यस दिन सेन्सेटिभ इण्डेक्स २.८६ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.८५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.९२ अंक बढेको छ।

नेप्से परिसूचक बढेपनि कारोबार रकम भने सामान्य घटेको छ। अघिल्लो कारोबार दिन १ अर्बभन्दा बढीको शेयर कारोबार भएको बजारमा यस दिन २३२ स्टकको १७ हजार ७०२ पटकको कारोबारमा ८५ करोड ९४ लाख ६८ हजार रुपैयाँ बराबरको २४ लाख ९५ हजार कित्ता शेयर कारोबार भएको छ।

बुधबार सिक्लेस हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लभेलमा कारोबार भएको छ । यस दिन गणपति लघुवित्तको शेयरमूल्य ७.७१ प्रतिशत बढेको छ भने नारायणी डेभलपमेन्ट बैंक र रिडी पावरको शेयरमूल्य ५ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन जनउत्थान सामुदायिक लघुवित्तको शेयरमूल्य सर्वाधिक ४.१३ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन रिडी पावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ६ करोड बराबरको शेयर खरिदबिक्री भएको छ।

बुधबार १३ उपसमूहमध्ये दुई उपसमूहको परिसूचक घटेको छ भने बाँकी ११ उपसमूहको परिसूचक बढेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *