राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले पर्वत र एमाले उपमहासचिव प्रदीपले गुल्मीबाट मतदान गर्नुभयो
पर्वत ४ मंसिर । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आफ्नो गृह जिल्ला पर्वतको मोदी गाउँपालिका वडा नं. ७ राम्जाको पशुपति मावि (क) केन्द्रबाट मतदान गर्नुभएको छ । उहाँले पशुपति केन्द्रबाट बिहान ७ः३० बजे मतदान गर्नुभएको हो। प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा मतदान गर्न अध्यक्ष तिमिल्सिना शनिबार आफ्नो गाउँ पुग्नुभएको थियो। प्रतिनिधि सभाको १ क्षेत्र तथा प्रदेश सभाका दुई क्षेत्र रहेको पर्वतका सबै मतदान केन्द्रमा मतदान बिहान ७ बजेदेखि मतदान सुरु भइसकेको छ। त्यसैगरी एमाले उपमहासचिव प्रदीप ज्ञवालीले गुल्मी निर्वाचन क्षेत्र न १ रुरुक्षेत्र गाउँपालिका ४, बम्घा नि मा बि भवन चौतारा (क) बाट मतदान गर्नुभएको छ ।