मतदानपछिको प्रतिक्रिया
निर्वाचन ऐतिहासिक भएको प्रचण्डको दाबी, ७० प्रतिशत मत खस्ने प्रमुख निर्वाचन आयुक्त थपलियाको भनाई
काठमाडौँ, ४ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चितवनको भरतपुर महानगरपालिका –१४ शिवनगरस्थित मतदान केन्द्रबाट मतदान गर्नुभएको छ । उहाँ गोराखा–२ बाट उम्मेदवार हुनुहुन्छ ।
उहाँले मतदानपछि प्रतिक्रिया दिँदै निर्वाचन ऐतिहासिक महत्वको ठानेको बताउनुभयो । उहाँले योपटक पनि स्वच्छ धाँधलीरहित र निष्पक्षरूपमा चुनाव सम्पन्न हुनु ठूलो कुरा भएको बताउनुभयो । त्यसैगरी प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले भक्तपुरको लोकन्थलीस्थित मतदान केन्द्रमा मतदान गर्नुभएको छ ।
उहाँले मतदानपछि सञ्चारकर्मीसँग कुरा गर्दै ७० प्रतिशतभन्दा बढी मत खस्ने अनुमान गरेको बताउनुभयो । उहाँले निर्वाचनमा जनताको उत्साह देखिएकाले ७० प्रतिशतभन्दा बढी मत खस्ने अनुमान गरेको बताउनुभयो ।