गोरखाबाट माओवादी केन्द्रका अध्यक्ष दाहाल निर्वाचित

गाेरखा, ८ मंसिर । गोरखा–२ बाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विजयी हुनुभएको छ ।

अन्तिम मतपरिणामअनुसार अध्यक्ष दाहालले २६ हजार एक सय तीन मत ल्याएर विजयी हुनुभएको हो ।

उहाँले निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कविन्द्र बुर्लाकोटीले १२ हजार छ सय ३७ मत प्राप्त गर्नुभएको छ ।

दाहालको प्रतिस्पर्धामा रहेका कम्युनिष्ट पार्टी एमालेका अब्दुस सलाम मियाँले सात हजार तीन सय ९३ मत प्राप्त गर्नुभएको छ । गोरखा क्षेत्र नम्बर २ मा कूल ५३ हजार नौ सय ७८ मत खसेको थियो ।