विश्वकप फुटबल
रिचार्लिसनको उत्कृष्ट गाेलले ब्राजिल विजयी
एजेन्सी, ९ मंसिर । कतारमा भइहेकाे विश्वकप फुटबल प्रतियोगितामा ब्राजिलले विजयी सुरुआत गरेको छ ।
रिचार्लिसनले उत्कृष्ट खेल प्रदर्शन गरेपछि ब्राजिलले सर्बियालाई २–० गोलअन्तरले पराजित गर्यो । ब्राजिलका लागि दुवै गोल रिचार्लिसनले गरेका थिए ।
पहिलो हाफसम्म दुवै टोलीले गोलरहित खेल खेले । दोस्रो हाफमा ब्राजिलकाे उत्कृष्ट खेल प्रदर्शनका साथै खेलको ६३औँ मिनेटमा रिचार्लिसनले पहिलो गोल गरे ।
उनले खेलको ७३औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै ब्राजिललाई २ गाेल दिलाए ।
समूह ‘जी’ मा रहेको ब्राजिलले जीतसंगै तीन अङ्क जोडेको छ । ब्राजिल आफ्नो समूहको शीर्ष स्थानमा उक्लिएको छ ।