वेल्स माथि इरानकाे २ गोल

एजेन्सी, ९ मंसिर । इरानले वेल्सलाई पहिलाे खेलमै २-० गोलले हराएकाे छ ।

शुक्रबार भएको समूह ‘बी’ क‍ो खेलमा इरानले वेल्सलाई २-० गोल अन्तरले हराएकाे हाे ।

१० खेलाडीमा सीमित वेल्सलाई इन्जुरी समयको आठौं मिनेटमा चेस्मीले पहिलो गोल गरे। दुई मिनेटकाे समयपछि रामिनले अग्रता दोब्बर पारे।

त्यसअघि ८६ मिनेटमा वेल्सका गोलकिपरले इरानका खेलाडीलाई डिबक्स बाहिर फल गरेपछि रातो कार्ड पाएका थिए।

यसअघि इरानलाई इंग्ल्यान्डले ६-२ गोलले हराउदा वेल्सले अमेरिकासँग बराबरी खेलेको थियो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *