प्रतिनिधिसभामा एमालेबाट मात्रै चार महिला निर्वाचित, कांग्रेस–माओवादीबाट एक–एक, समाजवादीमा शून्य
काठमाडौं ११, मंसिर । मंसिर ४ मा सम्पन्न १६५ प्रतिनिधिसभा सदस्यमध्ये हालसम्म १५८ स्थानको अन्तिम परिणाम सार्वजनिक भैसकेको छ । पछिल्लो अपडेट अनुसार सुनसरी १, उदयपुर १, इलाम–१, सुनसरी ४ धनुषा ४ को अन्तिम परिणाम आउन बाँकी छ । ती मध्ये उदयपुर १ मा नेपाली कांग्रेसका उम्मेदवार नारायण खड्का २१ हजार ८ सय ३३ मतसहित अघि हुनुहुन्छ भने एमालेकी उम्मेदवार मन्जुकुमारी चौधरी २० हजार १ सय २० मतसहित दोस्रो स्थानमा हुनुहुन्छ । बाजुरा, स्याङ्जा २ र दोलखामा निर्वाचनमा धाँदली भएको भन्दै मतगणना हुन सकेको छैन । स्याङ्जाबाट एमालेकी सचिव पद्मा अर्यालसँगै नेपाली कांग्रेसका धनराज गुरुङ उम्मेदवार हुनुहुन्छ ।
पछिल्लो अपडेट अनुसार नेपाली कांग्रेसले सबभन्दा बढी ५३ स्थानमा जित निकालेको छ भने नेकपा एमालेले ४२ स्थानमा जित हात पारेको छ । माओवादी केन्द्रले १७ र नेकपा एकीकृत समाजवादीले १० स्थानमा जित हात पारेको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले ७ स्थानमा जित हात पारेको छ राष्ट्रिय प्रजातन्त्र पार्टीले ७, जनता समाजवादी पार्टीले ६ स्थानमा जित निकालेको छ ।
लोकतान्त्रिक समाजवादी पार्टीले ४ स्थानमा जित निकालेको छ भने नागरिक उन्मुक्ति पार्टीले ३ स्थानमा जित निकालेको छ । नेपाल मजदुर किसान पार्टी, जनमत पार्टी र राष्ट्रिय जनमोर्चाले १–१ सिटमा जित निकालेका छन् । स्वतन्त्र ५ सिटमा विजयी भएको छ ।
अहिलेसम्मको तथ्याङकलाई हेर्दा १६५ मध्ये मतगणना सम्पन्न भएका स्थान मध्ये सबै भन्दा बढी चार स्थानमा एमालेका तर्फबाट महिला विजयी भएका छन् । सुनसरी–३ बाट नेपाली कांग्रेसका विजय गच्छदारलाई पराजित गर्दै एमालेकी भगवती चौधरी १६ हजार ५ पाँच मतसहित विजयी हुँदा गच्छदारले ११ हजार ६ सय ९५ मात्रै मत ल्याउनु भयो । कास्की २ बाट पनि एमालेकै विद्या भट्टराई १६ हजार ९ सय ९८ मतसहित विजयी हुनुभयो ।
अहिलेसम्मको तथ्याङकलाई हेर्दा १६५ मध्ये मतगणना सम्पन्न भएका स्थान मध्ये सबै भन्दा बढी चार स्थानमा एमालेका तर्फबाट महिला विजयी भएका छन् । सुनसरी–३ बाट नेपाली कांग्रेसका विजय गच्छदारलाई पराजित गर्दै एमालेकी भगवती चौधरी १६ हजार ५ पाँच मतसहित विजयी हुँदा गच्छदारले ११ हजार ६ सय ९५ मत्रै मत ल्याउनु भयो । कास्की २ बाट पनि एमालेकै विद्या भट्टराई १६ हजार ९ सय ९८ मतसहित विजयी हुनुभयो
बारा ३ बाट विजयी ज्वालाकुमारी साहले , धनुषा ३ बाट लोकतान्त्रिक समाजवादी पार्टीका अनिल कुमार झालाई पराजित गर्दै एमालेकी जुलीकुमारी महतो ३३ हजार ३ सय ५५ मतसहित विजयी हुनुभयो । झाले २३ हजार ६ सय ८६ मत मात्रै प्राप्त गर्नुभयो ।
बारा ३ बाट एमालेकी ज्वालाकुमारी साह २० हजार २ सय ५१ मतसहित विजयी हुँदा जनता समाजवादी पार्टीका रामवावु कुमार यादव १७ हजार २ सय ७९ मतसहित पराजित हुनुभयो । एमालेबाट निर्वाचित महतो र साह पोलिटब्यूरो सदस्य तथा अनेमसंघ सचिवालय सदस्य हुनुहुन्छ । भट्टराई र चौधरी एमाले केन्द्रीय सदस्य तथा अनेमसंघ सचिवालय सदस्य हुनुहुन्छ ।
सरकारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसबाट एक जना मात्रै महिला निर्वाचित हुनुभएको छ । तेह्रथुमबाट विजयी सीता गुरूङले १९ हजार ७ सय २ मत ल्याउनु भएको छ । त्यहाँ एमालेका विजय सुब्बाले १८ हजार ६ सय २३ मत ल्याउनुभयो । दाङ दुईबाट माओवादीकी रेखा शर्मा २६ हजार ८ सय ८० मतसहित विजयी हुँदा एमालेका महासचिव शंकर पोखरेल झिनो मतले पराजित हुनुभयो । शर्मा पनि माओवादीबाट जित्ने एक्लो महिला सांसद हुनुहुुन्छ ।
७ सिट जितेको स्वतन्त्र पाटीबाट दुई जना महिला निर्वाचित भएका छन् । काठमाडौं २ बाट १५ हजार २ सय ३८ मतसहित सोबिता गौतम विजयी हुँदा ललितपुर ३ बाट तोसिमा कार्की ३१ हजार १ सय ३६ मतसहित विजयी हुनुभएको छ । यी दुबै ठाउँमा एमाले दोस्रो स्थानमा छ । त्यसैगरी नागरिक उन्मुक्ति पार्टीकी रन्जिता श्रेष्ठ कैलाली–१ बाट ३० हजार ४ सय मतसहित निर्वाचित हुनुभयो ।