फिफा विश्वकप फुटबल
फिफा विश्वकप फुटबलमा आजपनि २ खेल एकै समय हुँदै
काठमाडाैं, १४ मंसिर । कतारमा जारी फिफा विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत आजपनि २ खेल एकै समयमा हुनेछ ।
समुह चरणका रहेका दुइ / दुइ टोली एकै समयमा मैदान उत्रने छन् ।
आजकाे खेल समूह ‘डि’ अन्तरगत् अस्ट्रेलिया र डेनमार्क, ट्युनिसिया र फ्रान्सबीच नेपाली समयअनुसार ८:४५ बजे हुनेछ ।
त्यस्तै समूह ‘सी’ अन्तरगत् पाेल्याण्ड र अर्नेँटिना, साउदी अरेबिया र मेक्सिकाेबीच नेपाली समयअनुसार १२:४५ बजे हुनेछ ।