चीनका पूर्वराष्ट्रपति चियाङ चेमिनको निधन

एजेन्सी, १४ मंसिर । चीनका पूर्वराष्ट्रपति चियाङ चेमिनको निधन भएको छ ।

चिनियाँ कम्युनिस्ट पार्टीका पूर्व महासचिव, केन्द्रीय सैन्य आयोगका पूर्वअध्यक्षसमेत रहेका पूर्वराष्ट्रपति चियाङको बुधबार ९६ वर्षको उमेरमा निधन भएको चिनियाँ सञ्चार संस्था सिन्ह्वाले जनाएको छ ।

चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) को केन्द्रीय समितिले उहाँको निधनको घोषणा गरेको हो ।

पूर्वराष्ट्रपति चियाङले सन् १९८९ देखि २००२ सम्म सिपिसीको महासचिव, सोही वर्षदेखि सन् २००४ सम्म केन्द्रीय सैन्य आयोगको अध्यक्ष तथा सन् १९९३ देखि २००३ सम्म राष्ट्रपतिका रुपमा चीनको नेतृत्व गर्नुभएको थियो ।