फिफा विश्वकप फुटबल
डेनमार्कलाई हराउँदै अष्ट्रेलिया नकआउट चरणमा प्रवेश

एजेन्सी, १५ मंसिर । कतारमा जारी फिफा विश्वकप फुटबल खेल अन्तर्गत डेनमार्कलाई हराउँदै अष्ट्रेलिया नकआउट चरणमा प्रवेश गरेकाे छ ।
कतारको अल जुनब रङ्गशालामा भएको खेलमा अष्ट्रेलियाले डेनमार्कलाई १–० गोलअन्तरले हराउँदै नअकाउट चरणमा प्रवेश गरेको हाे ।
अष्ट्रेलियाका म्याथु लेकीले खेलको ६१ औँ मिनेटमा गरेको एक गोल अस्ट्रेलियाको लागि निर्णायक गोल सावित भयो ।
समूह ‘डी’ बाट अष्ट्रेलिया समूहको उपविजेता बन्दै नकाउट चरणमा पुगे ।
विश्वकपमा डेनमार्क एक अङ्कसहित पुछारमा रहँदै प्रतियोगिताबाट बाहिरिए ।