फिफा विश्वकप फुटबल

विश्वकप फुटबल: आज पनि २ खेल एकै समयमा

काठमाडाैं, १५ मंसिर । कतारमा जारी फिफा विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत आज पनि २ खेल एकै समयमा हुनेछ ।

समुह चरणका रहेका दुइ / दुइ टोली एकै समयमा मैदान उत्रने छन् ।

आजकाे खेल समूह ‘एफ’ अन्तरगत् क्राेएसिया र बेल्जिएम, क्यानडा र माेरक्काे बीच नेपाली समयअनुसार ८:४५ बजे हुनेछ ।

त्यस्तै समूह ‘इ’ अन्तरगत् जापान र स्पेन, काेस्टारिका र जर्मनीबीच नेपाली समयअनुसार १२:४५ बजे हुनेछ ।