मकवानपुरका रास्वपा सभापति हटाउन हस्ताक्षरसहितकाे पत्र
काठमाडाैं, १८ मंसिर । मकवानपुर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति राजकुमार न्यौपानेलाई हटाउन माग राख्दै पार्टी केन्द्रीय कार्यालयमा हस्ताक्षरसहित पत्राचार गरेका छन्।
मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेससभा निर्वाचनमा पार्टीभित्र अन्तर्घात गरेकाे भन्दै २ सय ४० जना सदस्यले सभापति राजकुमार न्यौपानेकाे बर्खास्तकाे माग गर्दै पत्राचार गरेका हुन्।
उनीहरूले समानुपातिक उम्मेदवारलाई विपक्षी दलका उम्मेदवारको घरमै लगेर भेटघाट गराएको आरोप लगाएका छन्।