पोर्चुगललाई हराउँदै मोरक्को सेमिफाइनलमा प्रवेश

एजेन्सी, २५ मंसिर । फिफा विश्वकप फुटबलमा पोर्चुगललाई पराजित गर्दै मोरक्को सेमिफाइनलमा प्रवेश गरेको छ ।

मोरक्कोले पहिलो हाफमा गरेको एक मात्र गोलनै खेलमा निर्णायक बन्यो । त्यसपछि कुनै पनि टोलीले गोल गर्न सकेन । मोरक्को विश्वकपमा पहिलोपटक सेमिफाइनलको यात्रा तय गर्न सफल भयो ।

क्वार्टरफाइनल खेलको ४२ औँ मिनेटमा युसेफ एन नेसरीले गोल गर्दै मोरक्कोकालाई अग्रता दिलाएका थिए ।

योसँगै नेसरी विश्वकपमा मोरक्कोका लागि सर्वाधिक गोलकर्ता बनेका छन् । उनले हालसम्म प्रतियोगितामा ३ गोल गरेका छन् ।