विषाक्त मदिरा सेवनबाट भारतकाे बिहारमा ४३ जनाको मृत्यु

एजेन्सी, १ पुस । भारतको बिहार राज्यमा विषालु मदिराको सेवनबाट ४३ जनाको मृत्यु भएको छ ।बिहार छपरा जिल्लामा विषालु घरेलु मदिराको सेवन बाट दुई दिनमा ४३ जनाको मृत्यु भएको हो ।

स्थानीय सञ्चार माध्ययमका अनुसार थप १० जनाको मृत्यु हुँदा जम्मा मृत्यु हुनेको संख्या ४३ पुगेको हो । सो क्षेत्रमा सरकारले मदिरा उत्पादन तथा बिक्री वितरणमा प्रतिवन्ध लगाएको भएपनि लुकिछिपी बिक्री तथा सेवना गरेको पाइएको छ ।

भारतीय प्रहरीले उक्त मदिरा र बिक्री वितरणमा सहभागी भएको आरोपमा १ सय २६ जनालाई पक्राउ गरेको छ ।