फिफा विश्वकप फुटबल

क्रोएसियालाई विश्वकप फुटबलकाे तेस्रो स्थानकाे उपाधि

एजेन्सी, ३ पुस । फिफा विश्वकप फुटबल अन्तरगत माेरक्वाेलाई हराउँदै क्रोएसियाले तेस्रो स्थान बनाउन सफल भएकाे छ ।

क्रोएसियाले विश्वकप फुटबलको इतिहासमा दोस्रो पटक तेस्रो स्थान हात पार्न सफल भएको हाे।

गत विश्वकपमा उपविजेता बनेको क्रोएसियाले मोरक्कोलाई २–१ गोलले हराउँदै तेस्रो स्थान बनाएकाे हो ।

शनिबार राति भएको खेलको सुरुवातमा नै क्रोएसियाले अग्रता लिए । सातौं मिनेटमा जोस्को जिभार्डिओलले गोल गर्दै क्रोएसियालाई अग्रता दिलाएका थिए । तर दुई मिनेट पछि नै मोरक्कोका असरफ दारीले बराबरी गोल फर्काएका थिए ।