शेयर बजार पुनः ओरालो लाग्यो, दुई स्टकको शेयर सकारात्मक कारोबार

काठमाडाैं, ६ पुस । बुधबार शेयर बजार पुनः ओरालो लागेकाे छ । बजार ओरालो लागेपनि यस दिन दुई स्टकको शेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

यस दिन नेप्से परिसूचक ५.८९ अंक घटेर १८६७.२२ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स १.३१ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.११ अंक घटेको छ।

यस दिन आँधीखोला लघुवित्त वित्तीय संस्था र श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

आँधीखोला लघुवित्तको शेयरमूल्य यस दिन १५० रुपैयाँ ७० पैसा बढेर १ हजार ६५७ रुपैयाँ ७० पैसामा अन्तिम कारोबार भएको छ भने श्रृजनशील लघुवित्तको शेयरमूल्य ९९ रुपैयाँ ६० पैसा बढेर १ हजार ९६ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको छ।

त्यसैगरी, यस दिन इष्टर्न हाइड्रोपावर र घलेम्दी हाइड्रोको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको पञ्चकन्या माइ हाइड्रोपावरको शेयरमूल्य यस दिन सर्वाधिक ६।२८ प्रतिशत बढेको छ।

अघिल्लो कारोबार दिन ९३ करोडभन्दा बढीको शेयर कारोबार भएको बजारमा यस दिन २५२ स्टकको २० हजार ४३३ पटकको कारोबारमा ८६ करोड ३८ लाख १६ हजार रुपैयाँ बराबरको २४ लाख ४० हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

कारोबार रकमका आधारमा यस दिन एनआईसी एशिया शीर्ष स्थानमा रहेको छ। त्यसैगरी, यस दिन नबिल बैंकको करिब ४ करोडको शेयर किनबेच भएको छ । यस दिन १३ उपसमूहमध्ये यस दिन बैंकिङ्ग उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचक घटेको छ।