बागमती प्रदेशस्तरीय सर्वदलीय बैठक हेटाैंडामा सुरु

काठमाडाैं, ८ पुस । बागमती प्रदेशस्तरीय सर्वदलीय बैठक हेटाैंडामा सुरु भएकाे छ । बागमती प्रदेशका सांसदहरुको शपथ ग्रहणको विषयमा छलफल गर्न आज सर्वदलीय बैठक बसेकाे हाे ।

प्रदेशसभा सचिवालय हेटौंडामा बिहान ११ बजेका लागि आह्वान गरिएको बैठक एक घण्टा ढिलो गरि सुरु भएको छ।

बैठकले प्रदेशसभाको दोस्रो कार्यकालका लागि निर्वाचित भएका सांसदहरुको जेष्ठ सदस्यको अन्तिम निर्णय, शपथ ग्रहणको मिति टुंग्याउने छ ।

प्रदेशसभाको पहिलो बैठकको अध्यक्षताका लागि सचिवालयले जेष्ठ सदस्य समेत छनौट गरिसकेको छ ।

संविधानको धारा १८३ अनुसार प्रदेश सभाको सभामुख र उपसभामुखको निर्वाचन नभएको अवस्थामा निर्वाचन आयोगले निर्वाचनको अन्तिम नतिजा सार्वजनिक गरेको २० दिनभित्र बैठक आह्वान गरिसक्नुपर्ने र उक्त बैठकको अध्यक्षता ज्येष्ठ सदस्यले गर्ने व्यवस्था रहको छ ।