प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरुको सर्वदलीय बैठक सुरू

काठमाडौं, २२ पुस । प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरुको बैठक संसद भवन सिंहदरबारमा सुरु भएको छ ।

प्रतिनिधिसभाकाे पहिलो एजेण्डा तय गर्न बोलाइएको बैठक ज्येष्ठ सांसद पशुपतिशमेशर जबराले बोलाएको हाे ।

प्रतिनिधिसभाको पहिलो अधिवेशनको पहिलो बैठक २५ पुसमा बस्दैछ । बैठकमा दलका सचेतक र संसदीय दलका नेताहरु सहभागी रहने छन् ।

बैठकमा सभामुख चयन, सरकारले विश्वासको मत लिने तयारी, राष्ट्रपतिको सम्बोधन लगायतका विषयमा पनि छलफल हुनेछ ।

हालै सम्पन्न निर्वाचनबाट प्रतिनिधिसभामा १२ वटा दलको प्रतिनिधित्व भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २६ पुसमा विश्वासको मत लिने तयारी गरेका छन् ।

प्रधानमन्त्रीले विश्वासको मत लिएपछि सभामुख चयन गर्ने तयारी छ ।