सेतीदेवी मावि स्याउलेमा लाइन्स क्लब अफ काठमाडौं फेलाेसिप र इसिएलएफकाे शैक्षिक सामग्री, झाेला र न्यानाे टाेपी सहयाेग

सिन्धुपाल्चोक, २५ पुस । सिन्धुपाल्चोक जिल्लाको चाैतारा साँगाचाेकगढी १मा रहेकाे सेतीदेवी माविकाे सत्तरी ओेेेेैं वार्षिकोत्सबकाे उपलक्षमा लायन्स क्लब अफ काठमाडौं फेलाेसिप र इसिएलएफकाे सहयाेगमा कक्षा इसिडीदेखि कक्षा युकेजीसम्मका विद्यार्थीलाई न्यानाे टाेपी, स्टेसनरी, झाेला र खेलकुदका सामग्री सहयाेग गरेका छन्।

समाजसेवी तथा लायन्स क्लब अफ फेलाेसिप नरदेवीका भाइसप्रेसिडेन्ट राजेश हिमालयकाे सहयाेग र सेतीदेवी माविका भूतपूर्व विद्यार्थी एकता समाजका अध्यक्ष दिपेन्द्र श्रेष्ठको सहकार्यमा श्री सेतीदेवी माविका कक्षा इसिडीदेखि कक्षा युकेजी सम्मका विद्यार्थीहरूलाई न्यानाे टाेपी, झाेला, स्टेस्नरीका सामग्री र फुटबल, जर्सीलगाएतका सामग्री सहयाेग गरिएकाे हाे ।

लायन्स क्लव अफ काठमाडौं फेलोसिप र इसिएलएफकाे सहयाेगमा समाजसेवी राजेश हिमालयकाे संयाेजकत्वमा उक्त सामग्री विद्यार्थीहरूलाई हस्तान्तरण गरिएकाे हाे ।

प्रदेशसभा सदस्य तथा पुर्व सामाजिक विकास मन्त्री युवराज दुलालकाे प्रमुख अतिथ्यतामा भएकाे उक्त कार्यक्रममा चाैतारा साँगाचाेकगढी वडा नं एक का अध्यक्ष युवलाल श्रेष्ठ, पुर्व अध्यक्ष सानुकान्छा श्रेष्ठ, लायन्स क्लब अफ काठमाडौं फेलोसिपका बरिष्ठ उपाध्यक्ष राजेश हिमालय, इसिएलएफ नेपालकी अध्यक्ष बन्दना श्रेष्ठ, इसिएलएफ नेपालका निर्देशक राजाराम महाजु, थाङ्पाल भ्याली क्याम्पसका विव्यस अध्यक्ष सुन्दर सापकाेटा, थाङ्पाल भ्याली क्याम्पसका प्रिन्सिपल , लायन्स क्लब अफ काठमाडौं फेलाेसिपका लक्ष्मी महतलगाएतका सहभागी रहेका थिए ।

कार्यक्रममा शैक्षिक सामाग्री, न्यानाे टाेपी र स्कुल ब्यागहरू वितरणले विद्यालयकाे सामाजिक शैक्षिक व्यवस्थापनमा सहयाेग पुगेकाे भन्दै विद्यालयका प्रधानाध्यापक शालिकराम वली र शिक्षक पञ्चलाल श्रेष्ठले धन्यवाद ब्यक्त गरेका थिए ।