पोखरा जहाज दुर्घटना : जहाजमा ४१ महिला र २७ पुरूष यात्रु थिए

काठमाडाैं, १ माघ । काठमाडौंबाट पोखराका लागि १०:३३ बजे उडेको यती एयरलाइन्सको जहाजमा चालक दलका ४ सदस्य र ६८ यात्रुसहित ७२ जना सवार थिए।

जहाजमा ११ जना विदेशी नागरिक र ३ जना बालबालिका सहित ६८ यात्रु रहेका छन् । जसमा ४१ जना महिला र २७ पुरूष रहेकाे विमानस्थलले जनाएकाे छ ।

जहाज पाइलट कमल केसीले उडाएका थिए।